वाइडवडी प्रकरणमा उपसमितिको प्रतिवेदन बदनियतपूर्ण–रक्षामन्त्री

पोखरा, पुस २१ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले बदनियतपूर्ण प्रतिवेदन बनाएको आरोप लगाएका छन् । उपसमितिले तयार गरेको प्रतिवेदन लेखा समितिमा नबुझाई सार्वजनिक गर्नु वदनियतपूर्ण भएको बताए । जहाज खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको जानकारी दिए । ‘उपसमितिको प्रतिवेदन बदनियतपूर्ण देखियो । त्यसैले सरकारले उच्च स्तरीय समिति गठन गरेको छ, उनले भने–अव समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही अघि बढ्छ ।’

नेपाल प्रेस संगठन कास्की शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले निर्मलाका हत्यारालाई पक्राउ गरिछाड्ने बचन दिए । रेशम चौधरीको शपथ ग्रहणका बारेमा जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर सांसदको सपथ ग्रहण गराइएको उलेल्ख गरे ।

उनले पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्त सम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताले रुप लिने बताए । रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले जनताको मतबाट निर्वाचित भएको ब्यक्तिलाई निर्वाचन आयोगले जितेको प्रमाणपत्र दिनु गलत नभएको बताए ।