लेखनाथमा लागू औषध सचेतना र्याली

पोखरा, पुस ६ ।
लेखनाथमा लागु औषध विरुद्धको सचेतना र्याली निकालिएको छ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा स्थानिय सामाजिक संघ संस्थाहरुको सहकार्यमा र्याली निकालिएको हो । कास्की जिल्लामा संचालित लागु औषध नियन्त्रण महाअभियानलाई सघाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ । र्यालीलाई सम्बोधन गर्दै कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले गाउँ टोल र समाजबाटै लागू औषध दुब्र्यसनी हटाउन अभिभावकहरु सचेत हुनुपर्ने बताए । अधिकांश बाल्यावस्थाबाटै लागू औषधमा फस्ने गरेको भन्दै उनले आफ्ना छोराछोरीको दैनिकीप्रति अभिभावक बढी सचेत हुनुपर्ने उल्लेख गरे । ‘समाज हाम्रै ब्यवहारले निर्देशित हुन्छ । लागू औषधको निरन्तरता बाल्यावस्थादेखि भैरहेको छ, उनले भने–त्यसैले लागू औषध नियन्त्रण गर्न आफ्ना बालबालिकाप्रतिको निगरानी महत्वपूर्ण हो । अभिभावकसँग मेरो आग्रह छ, छोराछोरीको दैनिकीप्रति सचेत भैदिनुहोला ।’
कास्कीमा प्रहरी प्रमुखको रुपमा उनी आएपछि लागू औषध नियन्त्रणलाई बढी महत्वका साथ अभियानकै रुपमा प्रहरी तथा नागरिक समाज र संघ संस्थाले सचेतनात्मक हिसावले कार्यक्रम गर्दै आएका छन् । बुधबार लेखनाथमा सन्देशमुलक भजन कृतन र प्लेकार्ड सहितको टोलीले शिसुवा, महोरिया हुँदै बेगनासतालमा पुगेर कोण सभा गरेको थियो । सोही अवसरमा डाँडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक गोबिन्द पुरी, पोखरा लेखनाथ महानगरपालिकाका लेखा अधिकृत अनन्तप्रसाद कोईराला, वडा नम्बर ३० का वडाअध्यक्ष श्रीराम पोख्रेल, सहभागी विद्यार्थीहरुकोे तर्फबाट अनुपमा लामिछाने लगाएतले कास्की जिल्लालाई नै लागु औषध र दुब्र्यसनी मुक्त क्षेत्र बनाउनका लागि सहकार्यको खाँचो औल्याएका थिए । लोक दोहोरी गीत प्रतिप्ठान कास्कीका निर्वतमान अध्यक्ष शिवहरि ढुंगानाले जानकारी मुलक सांस्कृतिक कार्यक्रम गरेका थिए । केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगाईंको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।