लमजुङमा लागुपदार्थ दुव्र्यसनी बढ्दा सरोकारवलालाई चिन्ता

शान्ता कमली
लमजुङ, चैत १८ ।

लमजुङमा लागुपदार्थ दुव्र्यसन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सदरमुकाम बेसीशहरमा शनिबार लागु औषध दुव्र्यसनी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल प्रमुख अतिथी थिए । उनले अझैपनि समाजमा लागुपदार्थ दुव्र्यसन गर्नेको सङ्ख्या बढेको भन्दै युवा पुस्ताले विभीन्न किसीमका सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले बेसीशहर नगरपालिकाले विभीन्न क्लव र संघसंस्थासँग समन्वय गरी काम गर्ने बताएका छन् । अर्यालले लागूऔषधको सेवनले समाजमा ठुलो विकृती फैलिदै गएको उल्लेख गदै नियन्त्रणका लागि प्रत्येक परिवारमा सचेतना आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरी नायव निरिक्षक आनन्द बस्नेत र लमजुङ सामुदायिक सेवा हेरचाह केन्द्रका टेकजङ गुरुङले लागुपदार्थ दुव्र्यसनले समाजमा पार्ने सकारात्मक र नकारात्मक प्रभावको वारेमा जानकारी गराएका थिए । साथै त्रिवर्षिय लागु औषध कसुरमा पक्राउको विवरण समत प्रस्तुत गरीएको थियो । प्रनानि वस्नेतका अनुसार जिल्लामा लागुपदार्थ दुव्र्यसनमा फस्ने युवाको सङ्ख्या पछिल्लो समय बढेको छ ।
जिल्लामा तिनवर्षमा ७७ जना लागुपदार्थ दुव्र्यसन प्रयोगकर्ता पक्राउ परेका छन् । आ.व ७२/७३ मा लागुपदार्थ दुव्र्यसन प्रयोगकर्ता २० जना पक्राउ परेका छन् भने ४ जनालाई कारागार चलान गरीएको छ । त्यस्तै सम्झाई बुझाई १६ जनालाई छोडीएको छ । आ.व ७३/ ७४ मा ४१ जना पक्राउ परेका थिए भने ४ जना धरौटीमा छुटेका थिए । ६ जनालाई कारागार चलान गरीएको थियो । ३१ जनालाई सम्झाईबुझाई छोडिएको थियो । त्यस्तै चालु आ.व ७४÷७५ को ८ महिनामा १६ जना पक्राउ परे भने ५ जना धरौटीमा छुटेका थिए । ४ जना भने कारगार चmान भएका छन् । सम्झाईबुझाई ७ जनालाई छोडिएको छ । त्यस्तै प्रहरी नायव निरिक्षक वस्नेतले जिल्लामा लागुपदार्थ दूव्र्यसनको अवस्थाको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा लागुऔषधको परिचय, लागु औषध प्रयोगको असर, लागुऔषधले समाजमा पार्ने नकारात्मक प्रभाव र ऐन कानुनको बारेमा जानकारी गराएका थिए । कार्यक्रम लमजुङ मस्र्याङ्दी युवा क्लवले आयोजना गरेको हो । कार्यक्रम क्लवका अध्यक्ष जुन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।