राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाण्डौं, फागुन २२ ।
राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको अधयक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए ।

टीकापुर घटनामा दोषी ठहर गर्दे कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा अध्यक्ष मण्डलको आकस्मिक बैठक बसेको थियो ।