राजतन्त्र र हिन्दुराज्यको एजेण्डा लिएर पूर्वराजा ज्ञानेन्द्र फेरि तराई झरे

काठमाण्डौं, चैत २१ ।
पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गरेका छन् । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा निस्किएका उनले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन् । उनी इलामस्थित होटल समिटमा बसिरहेका छन् ।

त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो । भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘भेटका क्रममा सबैले पुर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले नेपाल भन्यो ।

उनले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ । सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत दिए । गत माघ २३ गते झापा पुगेका ज्ञानेन्द्र आमा रत्न विरामी भएपछि चार दिनको लागि काठमाडौं फर्किएका थिए ।

आमाको स्वाथ्यमा केही सुधार भएपछि पुनः झापा पुगेका उनले केही दिनपछि पुर्वको इलाम, पाँचथर, फिदिम लगायतका जिल्ला भ्रमण गरेका थिए । उनले बिहीबार इलाम बजारको माइमन्दीर दर्शन गरेपछि धुलावारीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भोलि शुक्रबार दमक पुगेपछि त्यहाँ राजावादी र राप्रपाका विभिन्न तहका नेतासंग भेट्ने कार्यक्रम रहेको छ । तराई र पुर्वको भ्रमण सकेर उहाँ यही चैत्र २८ गते काठमाडौ फर्कने उनको सचिवालयले जनाएको छ ।, पत्रकार इश्वर ढकालले नेपाल समाचारपत्रमा समाचार लेखेका छन् ।