रक्सी पिएर हिड्दा पोखरामा भिरबाट लडेर एकजना घाईते

पोखरा, मंसिर २५ ।
पोखरा महानगरपालिका २५ माथिल्लो हेमजामा भिरबाट लडेर एकजना घाईते भएका छन् । सापकोटा चोक बस्ने ४५ बर्षिय बासुवेद गिरी रक्सी पिएर हिड्दा भिरबाट लडेका हुन् ।

उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनी बाटोबाट १ सय मिटर तल खसेका थिए ।