यी पुरानो नोटको मुल्य अहिले १० लाख भन्दा पनि बढी छ !
जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे ! अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ! इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ! यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ !
केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ ! पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ !
तपाई संग नेपाली पुरानो नोट छ ? यसरि बिक्रि गर्नुहोस इन्टरनेटमा !
eBay को एउटा खाता खोल्नुहोस आफु संग भएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् !
नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको हो सबै उल्लेख गर्नुहोस !
तपाईले खिचेको नोटको सफा फोटो लाइ eBay को वेबसाइटमा अपलोड गर्नु होस् !
आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ ! eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला ! eBayको नियम अनुसार नक्कली सामग्री बेच्न पाइदैन त्यसैले सत्य र सहि मात्र बिक्रि गर्नु होला ! eBay एउटा माध्यम हो डिल व्यक्तिगत तरिकाले पनि गर्न सकिन्छ !
यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ ! त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् !
उक्त वेबसाइटमा गएर Auction बटनमा क्लिक गर्नु भयो भने तपाईको नोटमा कति जना मान्छेले खरिदको लागि विड गरेका छन् सबै हेर्न मिल्ने छ !
यदि तपाई संग धेरै पुराना नोट हरु छन् भने इन्टरनेटमा बेच्न सुरु गरिदिनुस, तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ तपाई !
प्राय जसो चिनिया, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद गर्छन मान्छे हरु।
के तपाई संग नेपाली पुराना रूपैया छन् ? छन् भने आजै eBay को खाता बनाएर बिक्रि सुरु गरिहाल्नुहोस् ! छैनन् भने यो पोस्ट सेयर गर्नुहोस भएका हरुले थाहा पाई आफ्नो पैसा बेच्न पाउन !
साभार