माछा मार्न लाग्दा बारुद पड्किएर बरालको मृत्यु

पोखरा, चैत २० ।
माछा मार्न प्रयोग गरेको विस्फोटक पदार्थ पड्किएर २० बर्षिय पारस बरालको मृत्यु भएको छ । बुधबार स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्बर ६ रिपमा रहेको आँधीखोलामा माछा मार्ने क्रममा विस्फोटक पदार्थ पड्किएर उनको मृत्यु भएको हो ।
५ जनाको समूहमा माछा मार्न गएकामध्ये विस्फोटक पदार्थ पड्किएर घाइते भएका बरालको उपचारको क्रममा पाल्पाको युनाइटेट मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।