बैदामका प्रहरी प्रमुख कार्कीको रौतहट सरुवा, शाह आउने
पोखरा, माघ २९ ।
प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी नायव उपरीक्षकहरुको काज सरुवा गरेको छ । जसअनुसार वडा प्रहरी कार्यालय बैदामको प्रमुखमा कार्यरत डिएसपि नविन कार्कीको जिल्ला प्रहरी कर्याालय रौतहटमा सरुवा भएको छ ।
पोखरामा रहँदा कार्कीले पुम्दीभुम्दीकी १० वर्षिया बालिका श्रीया सुनारको बलात्कारपछि भएको हत्यामा संलग्न लगायतका घटनामा संलग्नहरुलाई तुरुन्त पक्राउ गर्न सफल भई नागरिकको मन जितेका थिए ।
उनको कार्यकालमा पर्यटकीय क्षेत्र बैदाम तथा लेकसाईडको शान्ति सुरक्षा मजबुत भएको भनाई स्थानीयको छ । कार्कीको सरुवापछि वैदामको प्रहरी प्रमुख भएर डिएसपि कोमल शाह आउने भएका छन् । यसैगरी महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई पठाइएको छ ।
दरबारमार्गका प्रमुख दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि पाल्पामा कार्यरत डिएसपी घिमिरेलाई दरबारमार्ग पठाइएको हो । त्यस्तै म्याग्दी जिल्लामा महेन्द्र प्रसाद मरासिनी र दार्चुला जिल्लामा भेषराज रिजालको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।