बैंक चोरीका योजनाकार पोखराबाट पक्राउ

पोखरा, भदौ २४ ।
पोखराको मुक्तिनाथ विकास बैंक चोरी गर्ने योजना बनाईरहेको समूहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । डिउटीमा रहेका प्रहरीले शंकास्पद लागेकालाई अनुसन्धान गर्दै जाँदा उनीहरुले बैंकमा निरन्तर रेक्की गरिरहेको खुलेको छ । चोरीका लागि रेक्की गरेको र केही समयपछि नै चोरीको योजना बनाएको पक्राउ परेकाहरुले स्विकार गरेका छन् ।
प्रहरीका अनुसार पोखरा काजीपोखरीका २१ बर्षिय सन्देश गुरुङ, म्याग्दी जलजला गाउँपालिका ६ कि २० बर्षिया सुनिता पुन मगर र नयाँ बजार बस्दै आएका १९ बर्षिय सुचित्रा थकाली पक्राउ परेका छन् । उनीहरुलाई आवश्यक कारबाही र अनुसन्धान पनि सँगै थालिएको प्रहरीले जनाएको छ ।