बाबा आनन्द सञ्चार पुरस्कारबाट लामिछाने सम्मानित

पोखरा, जेठ २२ ।
बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ बाट नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछाने सम्मानित भएका छन् । मंगलवार पोखरामा आयोजित एक समारोहमा प्रदेश नं. ४ का बन बातावरण तथा पर्यटन मन्त्री बिकास लम्साल, फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठले नगद १५ हजार १ रुपैया, दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका छन् । पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा वहाँका परिवारजनबाट स्थापित भएको हो । पत्रकार लामिछानेले प्राप्त गरेको नगद थमन महेश पत्रकारिता प्रतिष्ठान कोषका लागि प्रदान गर्ने घोषण गरे ।
बिगत १० बर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न रहदै आएका लामिछानेले राष्ट्रिय स्वाभिमान साप्ताहिबाट पत्रकारिता सुरु गरि जनदिशा दैनिकको गण्डकी खबर दैनिक हुँदै हाल उनी नेपाल रिपब्लिक मिडिया अन्र्तगत नागरिकन्यूज डटकमको संयोजक रहेका छन् ।
लामिछानेले फेवाताल अतिक्रमणबारे निरन्तर कलम चलाएका छन् । उनले फेवातालको जमिन व्याक्तिको नाममा दर्ता भएको बारे निरन्तर समाचार प्रकाशन गर्दै आएका थिए । फेवातालको अतिक्रमित जमिन फेवातालकै नाममा फिर्ता गराउन र ताल छेउछाउ मापदण्ड विपरित बनाइएका संरचना भत्काउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बन बातावरण तथा पर्यटन मन्त्री बिकास लम्सालले विश्व वातावरण दिवसको अवसर पारी वातावरणको क्षेत्रमा कलम चलाएका सञ्चारकर्मीलाई सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गर्दै पुरस्कार स्थापाना गर्ने स्वर्गिय आनन्दराज श्रेष्ठको परिवारजनप्रति आभार ब्यक्त गरे । फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्ति प्रशान्त लामिछाने, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, संस्थाका सचिव टंकराज अधिकारी, कार्यकारी निर्देशक शिव शर्मा सुवेदी लगाएतले आफ्नो भनाई राखेका थिए ।
बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिदै आएकोख पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए । प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष नारायण कार्कीकोे संयोजकत्वमा सदस्यहरुमा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य सर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका थिए् ।