बागलुङको तिरतिरेमा पहिरोले एक महिलाको मृत्यु

कमल पौडेल
बागलुङ, असोज १ ।
बागलुङको बडिगाढ गाउँपालिका वडा नं. ७ को तिरतिरे खोलामा झरीरहेको पहिरोमा परि एक जनाको ज्यान गएको छ । अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिया विविरन खातुन (मियानी) को मृत्यु भएको हो ।
वुर्तिवाङबाट पर्व मनाउन अर्घाखाँची तर्फ जाँदै गर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको हो । खातुनसंगै रहेका उनको श्रीमान अयुव मियाँ भने पहिरोवाट जोगिएका छन् ।
खातुनको शव वडिगाढ गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा सहित स्थानियको स्थानीयले निकालेका हुन् । शव वुर्तिबाङ स्वास्थ्य केन्द्रमा राखिएको छ ।