बलात्कार आरोपपछि फरार तनहूँ घिरिङ–४ का वडाध्यक्षले गरे प्रहरीमा आत्मसर्मपण
तनहूँ, माघ २९ ।
जबर्जस्ती करणीको आरोप लागेपछि फरार रहेका तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनि घिरिङ बाट चितवन हुँदै नवलपुरमा लुकेका थिए ।
वडाअध्यक्ष कुमाल तनहुँका भएपनि घटना नवलपुरमा घटेकाले नवलपुरबाटै मुद्धा चलाईएको प्रहरीले जनाएको छ । वडा अध्यक्षलाई अनुसन्धानको लागि नवलपुरमै थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरकाले जानकारी दिएको छ ।
गत वैशाख २५ गते आफ्नै वडाकी १७ वर्षिय युवतीलाई नवलपुरको वुङदीकाली गाउँपालिका वडा नम्बर २ मा जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा युवतीले गत बैशाख ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । युवतीले उजुरी दिएपछि प्रहरीले निरन्तर खोजी गरेपनि कुमाल भेटिएका थिएनन् ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेका हुन् । उनलाइ सोमबार नै अदालतमा हाजिर गराएको र अदालतको आदेश अनुसार नै थुनामा राखेकोे जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव निरिक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुर बाट वडाअध्यक्षलाई जिल्ला कारगार चितवन पठाएको पोखरेलले जानकारी दिए ।