फेवातालमा नयाँ मोटरबोट

पोखरा, पुस २९ ।
पोखराको फेवातालमा उद्धारकार्यका लागि नयाँ मोटरबोट सञ्चालनमा आएको छ । १० लाख रुपैयाँको लागतमा मोटरबोट चलाईएको हो । प्याराग्लाइडिङमा हुने सम्भावित दर्घटनालाई न्यूनीकरण गर्न नेपाल हवाई खेलकुद संस्था (ना) नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, पाइलट क्लब र एक्रो क्लबको पहलमा पोखराको फेवातालमा नयाँ मोटरबोट संचालनमा ल्याइएको हो ।
छिमेकी देश चीनबाट ल्याइएको उक्त मोटरबोट १५ हर्ष पावरको रहेको र उद्धारका लागि निकै सहज हुने पाइलट क्लबका उपाध्यक्ष सुवाश थापाले बताए । उनले भने–‘ना ले ल्याएको पुरानो मोटरबोटले खासै राम्रो संग काम नदिएकोले विभिन्न संघ संस्था र व्यक्तीको पहलमा यो नयाँ मोटरबोट ल्याएका हौं ।’ नयाँ मोटरबोटबाट फेवातालमा हुने आकश्मिक दुर्घटनालाई न्यूनीकरण गर्न सजिलो हुने उनको भनाई थियो ।