प्रदेश ४ मुख्यमन्त्री सहित सभामुख र एक मन्त्रीले लिए शपथ (फोटो फिचर)
पोखरा, फागुन ४ ।
प्रदेश नम्बर ४ का मुख्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारी र थप एकजना मन्त्रीले शपथ ग्रहण गरेका हुन् । नवनियुक्त मन्त्रीमा एमाले सांसद गोरखाका रामशरण बस्नेले शपथ लिएका हुन् । उनले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रुपमा शपथ लिएका थिए ।
माओबादीले पनि १ जना मन्त्री पठाउने तयारी थियो । तर आन्तरिक सहमति नजुटेको भन्दै मन्त्री पठएन । माओबादीबाट गोरखाकै सांसद लेखबहादुर थापाको नाम चर्चामा थियो ।