प्रदेश ४ मा माओवादीले पठाएका दुई मन्त्रीको शपथ

पोखरा, फागुन ४ ।
भागबण्डामा दुई मन्त्रालय पाएको नेकपा माओबादी केन्द्रले प्रदेश ४ का लागि सिफारिस गरेका मन्त्रीहरुको शपथ सकिएको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले विशेष कार्यक्रमका बीच उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
विवादका बीच माओबादी केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा तनहुँका सांसद हरि बहादुर चुमान र भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोरखाका सांसद लेखबहादुर थापा मगरलाई पठाएको हो ।