प्रदेश ४ मा माओवादीले छान्यो २ मन्त्री (को को परे ?)

पोखरा, फागुन ४ ।
माओवादी केन्द्रले प्रदेश सरकारमा पठाउनका लागि २ मन्त्री सिफारिस गरेको छ । माओबादीको संसदीय दलका नेता हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापालाई मन्त्रीका लागि नाम पठाएको हो ।
माओबादीका नेता हरि अधिकारी र देव गुरुङको उपस्थितीमा भएको बैठकले दुई नेता छनौट गरेको हो । सिफारिस अनुसार आन्तरिक मामिला तथा कानुन (प्रदेश गृह) मन्त्रालयमा चुमान र भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा थापाको नाम छ ।