प्रदेश ४ बाट माओबादीका खेमकुमार विक राष्ट्रियसभामा निर्वाचित

पोखरा, माघ २४ ।
प्रदेश नम्बर ४ बाट माओबादीका खेमकुमार विक राष्ट्रियसभामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतपरिणाम अनुसार दलित कोटातर्फ उनले उनले ३ हजार ३ सय ९६ मतभार पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी काँग्रेसका जीतबहादुर नेपालीले २ हजार २ सय ९८ मतभार पाए ।
दलित कोटामा मात्रै ६ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । दलित कोटामा बहुमतका आधारमा उम्मेदवार निर्वाचित भएका हुन् । बदरमध्ये ५ वटा खाली र एउटा मतपत्रमा ठीक लगाउनुपर्नेमा अंक लेखेको भेटिएको थियो ।