प्रदेश ४ को नीति तथा कार्यक्रम–२५ सय डलर प्रतिब्यक्ति आय, ४ बर्षमा २० लाख पर्यटक (पूर्ण पाठ सहित)

प्रकाश ढकाल
पोखरा, जेठ २५ ।
प्रदेश नम्बर ४ ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले शुक्रबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम प्रश्तुत गरेका हुन् । आगामी बर्ष भौतिक पूर्वाधारलाई जोड दिने गरी कार्यक्रम तय भएका छन् ।

प्रदेश सरकारले प्रत्येक बर्ष ८ प्रतिशतका दरले प्रदेशको बार्षिक आय बृद्धी गर्ने घोषणा गरेको छ । यस्तै प्रतिब्यक्ति आय २५ सय अमेरिकी डलर पु¥याउने र ५ बर्षभित्र गरिवी ७ प्रतिशतमा झार्ने महत्वकांक्षी योजना अघि सारेको छ । यसका लागि प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रको विकास गर्ने योजना छ ।

कृषि उत्पादनलाई दोब्बर बनाउने, कोरलादेखि पोखरा र पोखरादेखि सुस्तासम्मको दु्रतमार्ग निर्माणको योजना पनि प्राथमिकतामा छ । प्रदेशभित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तराष्ट्रिय खेलमैदान, बिशिष्टीकृत मुटुरोग, मृगौला र क्यान्सर अस्पतालको निर्माण, स्थानीय तहमा २५ शैया, नगरपालिकामा ५० र प्रदेश राजधानीमा हजार शैयाको अस्पताल निर्माण थालनी गर्ने जनाएको छ ।

पोखरालाई केन्द्रमा राखी बृहत पोखरा चक्रपथ निर्माण, पोखरा विमानस्थललाई ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने, सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने, पोखराका तालहरुलाई जोड्न मोनोरेल सञ्चालन गर्ने, प्रदेशको राजधानीदेखि स्थानीय तहका केन्द्रसम्म स्तरीय सडक सञ्जाल विस्तार गर्ने, उर्जा उत्पादन तेब्बर बनाउने, उर्जा खपतलाई पाँच गुणाले बढाउने लगायतका योजनालाई विशेष प्राथमिकताका साथ अघि सारिएको छ । अधिकांश नीति तथा कार्यक्रमहरु दोहोरिएका छन् भने केही चाहीँ संशोधन गरिएका छन् ।

policy province 4