प्रदेश ४ को नाम आज राखिने (छलफलमा कुन नाम अगाडी?)

पोखरा, असार १० ।
प्रदेश नम्बर ४ को नामबारे आज संसदमा छलफल हुँदैछ । यसअघि नै उपसभामुख सिर्जना शर्माले नामका बिषयमा असार १० गते छलफल गर्ने मिति तय गरेकी थिईन् । गएको जेठ २१ गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विकल्प सहितको प्रतिबेदन सदनमा बुझाएको छ ।
पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोश्रोमा तमुवान–मगरात, तेश्रोमा गोरखा र चौंथोमा धवलागिरी नामको प्रश्ताव परेको छ । नामांकन समितिले प्रतिवेदन बुझाएपछि पनि नामको बिषयमा छलफल नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन अवरुद्ध समेत गरेको थियो ।
तर सभामुखले मिति नै तोकिदिएपछि सदन चलेको थियो । समितिले प्रदेशको राजधानी पोखरा मात्रै सिफारिस गरेको छ । सबैको राय पोखरा भएकोले अरु ठाउँको प्रश्ताव नबनाएको समितिका संयोजक विन्दुकुमार थापाले जानकारी दिए ।