प्रदेश प्रमुखको सपथ आजै

पोखरा, माघ ५ ।
बुधबार नियुक्त भएका प्रदेशप्रमुखहरुको सपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजेदेखि उनीहरुले पद तथा गोपनीयताको सपथ लिने तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । बिहीबार सार्वजनिक विदा परेका कारण आज सपथ खुवाउने कार्यक्रम आयोजना गर्न लागेको उनले जानकारी दिए ।
सरकारले बुधबार प्रदेश नम्बर एकमा गोविन्द सुब्बा, प्रदेश दुईमा रत्नेश्वरलाल कायस्थ, प्रदेश तीनमा अनुराधा कोइराला, चारमा बावुराम कुवंर, पाँचमा उमाकान्त झा, छमा दुर्गाकेशर खनाल, सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको थियो । उता निर्वाचन आयोगले समानुपातिक निर्वाचित प्रदेशसभाका २ सय २० जना सदस्यलाई शुक्रबार नै प्रमाणपत्र दिँदैछ ।