प्रचण्डको भन्छन्–अव पनि केही गर्न नसके भाषणमा के बोल्ने ?

काठमाण्डौं, असोज ८ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनचाहना अनुरुप काम गर्न नसके जनताले आगामी दिनमा नपत्याउने बताएका छन् । चितवन जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको उपस्थित बलियो भएको बेलामा पनि काम गर्न नसके त्यसको परिणाम राम्रो नहुने बताएका हुन् ।

‘केन्द्र, प्रदेश र स्थानीय तहमा हाम्रो पार्टीले जितेको छ । यस्तो अवसर हुँदा समेत हामीले केही गर्न सकेनौ भने भोलि हामीले गर्न सक्छौं भनेर भाषण गर्दा कसले पत्याउँला ?’ प्रचण्डले प्रश्न गरे । प्रचण्डले त्यसका लागि जनप्रतिनिधिहरु गम्भीर बन्नु पर्ने बताए ।

उनले हरेक स्थानीय तहले आवश्यकताका आधारमा प्राथमिकता छुट्याउन पर्ने र हरेक स्थानीय तहको एउटा भिजन हुनुपर्ने उल्लखे गरे । ‘स्थानीय तहमा कस्तो सम्भावना छ, श्रोतको अवस्था के छ ? आवश्यकता कस्ता छन् भन्ने कुरा प्राथमिकतामा राखेर विश्लेषण गर्नुप¥यो र यसको जानकारी जनतालाई पनि दिन आवश्यक छ’ प्रचण्डले भने ।