प्रकाशमानको निवासमा देउवा विरोधी नेताहरुको बैठक

काठमाण्डौं, फागुन २२ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा देउवा विरोधी नेताहरुको बैठक बसेको छ । पार्टीमा सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयको विरोधमा बैठक बसेको हो ।

बुधबार सिंह निवासमा बसेको बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, रामशरण महत, बलबहादुर केसीलगायतको उपस्थिति रहेको छ ।