पोखरा ४ को अभियान–वडाभरी एउटै रंग, सबैतिर हरियाे (घरमा रगं–बाटामा विरुवा)

पोखरा, भदौ ५ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ ले आफ्नो वडाभित्र पूरै हरियो बनाउने भएको छ । ‘ग्रिन सिटी–क्लिन सिटी’ अवधारणा अनुसार वडालाई हरियो र सफा बनाउन लागेको वडाध्यक्ष शंकर बास्तोलाले बताए । अभियान अन्तर्गत पूरानो बजार बुद्ध विशालबजारका सटरहरुमा हरियो रंग लगाउन थालिएको छ । यस्तै केही घरहरुले पनि हरियो रंग लाउन थालेका अध्यक्ष बास्तोला बताउँछन् ।

‘बिशालबजारबाट काम सुरु भयो । विस्तारै वडाका सबै क्षेत्रमा हरियो रंग लगाउन प्रोत्साहन गर्छौं, उनले भने–यो बर्षभित्र नालामुखदेखि सिद्धार्थचोक, महेन्द्रपुल, पालिखेचोक र गैह्रापाटन क्षेत्रमा घरका सटरमा हरियो रङ लगाउने योजना छ ।’

चालू बर्षमै गणेशटोलबाट सुरु गरेर ४ सय वटा विरुवा रोप्ने वडा कार्यालयको कार्यक्रम छ । ‘पार्क र सडकहरुमा पनि बृक्षारोणका योजना छन् । यसैबर्षदेखि सुरुवात गर्छौं, उनले भने–विरुवा र ट्रि गार्ड वडाले निशुल्क दिन्छ । संरक्षण चाहीँ घरधनीले गर्नुपर्छ ।’