पोखरा विश्वविद्यालयको अनसनमा कर्फ्यु तगारो

पोखरा, भदौ ४ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि २६ दिनदेखि लगातार चलिरहेको पोखरा विश्वविद्यालयको अनसन स्थगीत भएको छ । नेपाल विद्यार्थी संघले विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन बसेका थिए ।
पदाधिकारी नहुँदा शैक्षिक गतिविधि ठप्प भएको भन्दै नेविसंघले तत्काल नियुक्तीको माग गरेको छ । हजारौं विद्यार्थीको भविष्य नै जोखिममा परेको रिले अनसनका संयोजक राजीव भण्डारीले बताए ।
लकडाउन सकिएपछि अझै कडाईका साथ आन्दोलन गर्ने उनको भनाई छ । ‘अब यो नेतृत्व नेविसंघको केन्द्रीय कमिटिले लिनेछ । अहिले भन्दा सशक्त आन्दोलन हुन्छ,’ उनले भने, ‘अहिले देशको परिस्थिति र कानुनलाई मानेर केही पछि सरेका हौं ।’
विद्यार्थीको माग विश्वविद्यालय प्रशासनले सुनुवाई नगरेको भन्दै विद्यार्थीहरु आक्रोशित छन् ।