पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाइने

पोखरा, असार ६ ।
पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभाले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताब टेबल हुने भएको छ । असार १० गतेबाट सुरु हुने नगरसभामा पोखरा महानगरपालिका बनाउन प्रस्ताब प्रस्तुत हुन लागेको महानगर स्रोतले जानकारी दियो ।
नाम लामो भएकाले यसलाई पोखरा महानगरपालिका मात्रै भन्दा राम्रो हुने भएकाले छोटो बनाउने हिसावले नगरसभाबाटै नाम परिर्वतन गर्न लागेको बताइएको छ । पोखरा उत्पती देखी कै नाम भएको र गेटर पोखराको अवधारणाले पनि पोखरामा नाम राख्नु पर्ने सुझाब महानगरलाई दिनेका गरेका थिए ।
नगरसभामा बजेट छलफल भए पछि नामका बारेमा छलफल हुने छ । महानगरबाट लेखनाथ नाम हटाउन यस अघिको नगर सभामा पनि दुई तिहाइ समर्थन मिलिसकेको थियो ।