पोखरा महानगर–आगनकै सडकमा धराप (फोटो फिचर)

पोखरा, भदौ ३१ ।
पोखरा महानगरपालिका कार्यालयको पछाडीपछि सडकमा नालिको स्ल्याव भाँचिको डेढ महिना वितिसक्यो । महानगरबाट आलुमाईलाचोक निस्किने सडकको नालीमाथी विछ्याईएको स्ल्याव भाँचिदा अहिले दिनहुँजसो गाडी र मोटरसाईकल पल्टिन्छन् । मुख्य बजार महेन्द्रपुलमा स्ल्याव भाँचिएको १५ दिनभन्दा बढी भैसक्यो । त्यहाँपनि दिनहुँ दुर्घटना भईरहन्छ । पोखराका धेरै सडकहरुमा अहिले खाल्डाखुल्डी पर्दा दुर्घटनाको जोखिम बढिरहेको छ ।हरेकजसो चोकहरुमा खाल्डाखुल्डी छन् । मेयर मानबहादुर जिसीले पदभार सम्हालकै दिन महानगरका सडकमा खाल्डा परे २४ घण्टाभित्र टाल्ने निर्णय गरेका थिए । तर उनको निर्णय कागजबाट बाहिर आउन सकेको छैन । हरेक दिन नयाँ योजना सार्वजनिक गर्दै हिड्ने र कार्यान्वयनलाई ध्यान नदिँदा पोखराको विकास प्रक्रियामै चुनौति थपिएको छ ।