पोखरा महानगरपालिकाको वडा कार्यालयमै चोरी

पोखरा, पुस १ ।
पोखरा महानगरपालिकाको वडा नम्बर १४ को कार्यालयमा चोरी भएको छ । शनिबार राती मझेरी पाटनमा रहेको वडा कार्यालयबाट २ थान ब्रान्डेड कम्प्युटर चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
चोरी भएको सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर रहेको वडा कार्यालयका सचिव अर्जुन पौडेलले जानकारी दिए । शनिबार कार्यालय बन्द रहेको मौका पारी चोरी भएको बताइएको छ । चोरले कार्यालयको ढोकामा लगाएको ताला फोडी सामानहरु लिएर गएको पौडेलले जानकारी दिए ।
बिहान कार्यालय सहयोगीले कार्यालय खोल्ने क्रममा चाबी फोडिएको देखेपछि चोरी भएको पत्ता लागेको हो । कार्यालयले आइपिटी सेवा भर्खरै मात्र सुरू गरेको र राजश्व उठाउन सुरू भएको हुँदा पैसाको लागि चोरी भएको हुन सक्ने शंका गरिएको छ ।