पोखरा महानगरका कर्मचारी घुससहित रंगेहात पक्राउ

पोखरा, चैत १६ ।
पोखरा महानगरका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । महानगरको नक्साफाँटमा कार्यरत एक कर्मचारी ६ हजार घुससहित पक्राउ परेका हुन् । नक्साफाँटका भीमराज शाहीले नगरपालिका अगाडी रहेको फोटोकपी पसलबाट पक्राउ परेका हुन् ।

उनले सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएको हो । गण्डकी छड्के कार्यक्रमले पछ्याएको थियो । यसको भिडियो सहित गण्डकी टेलिभिजनले कार्यक्रम प्रशारण गरेको थियो ।