पोखरा महागरले बढाएको कर ३ दिनभित्र फिर्ता लिन नेविसंघको धम्की

पोखरा, भदौ ४ ।
पोखरा महानगरपालिकाले बढाएको कर फिर्ता लिन माग गर्दै नेविसंघ कास्कीले विरोध गरेको छ । नेविसंघ सभापति बिकास थापाको नेतृत्वमा महानगरको गेट अगाडी प्रदर्शन गरेका हुन् ।

जनतालाई रोजीरोटी चलाउनै मुश्किल रहेको अवस्थामा ढाडै भाँच्ने गरी कर उठाईएको भन्दै उनीहरुले तत्काल फिर्ता लिन माग गरे । थापाले बढाईएको कर फिर्ता नगरेसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले तीनदिनभित्र बढाईएको कर फिर्ता नगरे मेयरकै कार्यकक्ष अघि प्रदर्शन गर्ने चेतावनी दिए ।

काँग्रेस नगरसमितिले पनि यसअघि करको विरोध गरेको थियो । काँग्रेसबाट मेयर र उपमेयरका प्रत्यासी क्रमशः रामजी कुवँर र सरस्वती गुरुङले पनि संयुक्ता विज्ञप्ती जारी गरी बृद्धी भएको कर फिर्ता लिन माग गरे । पोखरा उद्योग बाणिज्य संघले समेत बैज्ञानिक कर प्रणाली लागू गर्न सुझाव सहित कर फिर्ताको माग गरे ।