पोखरामा श्रीमानले अस्पतालमै श्रीमतिको घाँटी थिचेर हत्या गरेको आरोप
पोखरा, माघ २८ ।
घरायसी झगडाका कारण गत पुस १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार पुस ११ गते राती रुँदै शुसीला उनको घरमा पुगेकी थिईन् ।
श्रीमानले बारम्बार कुट्ने र थर्काउने गरेको शुसिलाले बताएकी ति छिमेकीले बताए । उनका अनुसार शुसिलाले आँफु मरे छोराछोरीको हेरचाह गरिदिन आग्रह पनि गरेकी थिईन् ।
अस्पतालले पनि प्यारालाईसिस भनेर केही समय भर्ना गरेर राख्यो । करिब २० दिन पछि शुशीला हल्का हिड्न सक्ने भईन् । उनलाई थेरापीको लागी स्पर्श आयुवेद अस्पतालमा लगियो ।
शुसिलाकी आमा बाटुली पहारीका अनुसार आफूले छोरीलाई खाना खुवाएर घर पुग्दा ज्वाईले छोरी मरेको खबर दिएको बताईन् । शुसिलाको हत्या रामबहादुरले नै गरेको आफन्तको आरोप छ । शुसिलाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा रामबहादुर विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । ‘घटनाबारे अनुसन्धान भैरहेको छ । अहिले नै केही बोल्न मिल्दैन, कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले भने–पोष्टमार्टम रिपोर्ट आएपछि केही कुरा थाहा हुन्छ । आफन्तले प्रहरीमा जाहेरी बुझाएका छन् ।’–पोखराका विभिन्न संचार माध्यममा यो खवर छापिएका छन् ।