पोखरामा मोटरसाईकलमाथी यसरी चढ्यो ट्रक, एकजना घाईते

पोखरा, चैत २५ ।
पोखरामा ट्रक तथा टिपरको लापरबाहीका कारण दिनहुँ जसो दुर्घटना हुन्छ । सोमबार पोखरा १४ चाउथेस्थित विजयपुर ओरालोमा ट्रकले मोटरसाइकलाई किच्दा एक घाइते भएका छन् ।

ग १ ख ६७६७ नम्बरको सार्वजनिक मालबाहक ट्रकले ग ९ प ६००३ नम्बरको मोटरसाइकललाई सडकमा रोकिरहेको अवस्थामा कुल्चिदा बाँझापाटन निवासी ३१ वर्षीय नरबहादुर विक घाइते भएका हुन् ।

घाइते विकको बाँया खुट्टा र दुवै हातमा ठूलो चोट लागेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको सहयोगमा उपचारको लागि सिर्जनाचोक स्थित मेट्रो सिटी अस्पताल पुर्याइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।