पोखरामा बजार अनुगमन, तराजु र मानापाथी नियन्त्रणमा

पोखरा, साउन २३ ।
पोखरामा बिहीबार बिहान बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा अनुगमन टोलीले तराजु र मानापाथी नियन्त्रणमा लिएको छ ।
पोखरामा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, नापतौल कार्यालय र उपभोक्ता मञ्च कास्की सहितको संयुक्त बजार अनुगमन टोलीले बजारमा प्रयोग भईरहेका अबैध नापतौल सामाग्री र मानापाथी नियन्त्रणमा लिएको हो ।
टोलीले इस्प्रिङ तराजु ३१ वटा, माना १९ वटा र अन्य १९ गरि जम्मा ६९ वटा नियन्त्रण लिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालले जानकारी दिए ।
उक्त सामग्री विशेष गरेर फलफुल, तरकारी, मसला खरिद बिक्रीमा बढी प्रयोग हुने गरेको र उपभोक्ता ठगीने गरेको उनले बताए ।
नेपालमा कानुनत ढक, तराजु, लिटर र मिटर मात्रै प्रयोग गर्न पाइन्छ ।