पोखरामा प्रधानमन्त्री ओलिको पुत्ला दहन

पोखरा, माघ १८ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध शुक्रबार पोखरामा प्रदर्शन गरेको छ । नेविसंघले पोखरा महानगरपालिका नजिक प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।

सरकारले जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको आरोप लगाउँदै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्लादहन गरेको थियो ।

पुत्ला दहन पछि नेबिसंघ कास्कीका निबर्तमान सभापति बिकास थापा, नेता परशुराम बस्नेत, पुर्व केन्द्रिय सदस्य सरोज केसी लगायतले सरकारको कार्यशैली प्रति विरोध जनाए ।