पोखरामा पर्यटन बसपार्क बन्दै, ६ करोड १० लाखको टेण्डर

पोखरा, पुस ९ ।
पोखरा ७ राष्ट्रबैंक चोक नजिक रहेको पर्यटन बसपार्क निमार्ण हुने भएको छ । पर्यटन विभागले पर्यटन बसपार्क बनाउन लागेको हो । बसपार्क निर्माणका लागि ३ दिनभित्र टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

पोखरा पर्यटन परिषदले आइतबार आयोजना गरेको अन्तरक्रियामा मन्त्री अधिकारीले ६ करोड १० लाख रूपैयाँमा पोखरामा पर्यटन बसपार्क बन्ने बताए । उनले बसपार्क निमार्णका लागि पोखरा महानगरपालिकासँग जग्गा लिइसकेको बताए ।

लामो समयदेखि पर्यटन बसपार्क निर्माणको लागि पहल भएपनि काम हुन सकेको थिए । पर्यटन ब्यवसायी र सरोकारवालाहरुले पटक पटक स्तरीय पर्यटक बसका लागि बसपार्क निर्माणको माग गर्दै आएका थिए ।