पोखरामा नेविसंघले सरकारी गाडी जलायो

पोखरा, माघ १९ ।
पोखराको मासबारमा नेविसंघले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो । गाडी पोखरा महानगरको भएपनि शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो । घरेलु कार्यालय अगाडी गाडी जलाईएको हो ।

प्रहरीले चाहीँ नेपाल विद्यार्थी संघले गाडी जलाएको हुन सक्ने आशंका गरेको छ । ‘सेतो स्कुटरमा आएका यूवाहरुले गाडी जलाएका भन्ने सुनेका छौं । नेविसंघमाथी आशंका छ, कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने–हामी खोजी गरिरहेका छौं । केही शंकास्पद ब्यक्तिमाथी निगरानी बढाएका छौं ।’

आज सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । नेविसंघ माथी आशंका गरिएपनि कसले जलायो भन्ने अहिलेसम्म खुलेको छैन ।