पोखरामा चिकित्सा शिक्षा विधेयकको विरोध–नेविसंघ र नयाँ शक्तिका विद्यार्थीले गरे सरकारी गाडी कब्जा

पोखरा, माघ ११ ।
शुक्रबार प्रतिपक्षी दललाई छलेर ब्यवस्थापिका संसदबाट चिकित्सा शिक्षा विधेयक पास भयो । विधेयक राष्ट्र हित विपरित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहित, नयाँ शक्ति र अन्य दलहरुले पनि विरोध जनाएका छन् । तर विपक्षीको भावनालाई नजरअन्दाज गरि मार्सल लगाएरै विधेयक पारित भयो ।

त्यसको विरोधमा शुक्रबार नेविसंघ र नयाँ शक्तिका विद्यार्थीले पोखरामा निर्वाचन आयोगको गाडी नै कब्जा गरेका छन् । बगरमा गुडिरहेको गाडीलाई रोकेर उनीहरुले क्याम्पस हाताभित्र लगेका हुन् । निर्वाचन कार्यालय गोरखाको बा २ घ २८९ नम्बरको गाडीलाई आफुहरुले नियन्त्रणमा लिएको नयाँ शक्तिका विद्यार्थी नेता कृष्ण अधिकारीले बताए ।