पोखरामा गाडी ड्राईभरहरुको आन्दोलन, सार्वजनिक गाडी चल्न रोक

पोखरा, असोज ४ ।
पोखरामा सार्वजनिक गाडीका चालकहरु आन्दोलित भएका छन् । नयाँ संहिताको विरुद्धमा उनीहरु आन्दोलित भएका हुन् । नयाँ ऐन आएपछि चालहरुलाई मनपरी थुन्ने र दुख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।

पेशा ब्यवसाय गर्दा अन्जानमा हुने गल्तीले पनि जिन्दगीभरी कारबाही भोग्नुपर्दा समस्या हुने उनीहरुको भनाई छ । आन्दोलनका कारण पोखरामा कालो प्लेटका कुनैपनि गाडी चल्न सकेका छैनन् ।

भित्री सडकहरुमा नगरबसहरु केही चलेपनि मुख्य सडकहरुमा गाडीहरु बन्द छन् । आफ्ना गाडीहरु घरघरमै राखेर ड्राईभरहरु चाहीँ पृथ्वीचोकमा भेला भएका छन् । लामा दुरिका बसहरु पनि पाेखराबाट छुट्न दिएका छैनन् ।

Photo-Sudarshan Ranjit