पोखरामा अवैध ढुंगा–गिटी ओसार्ने १० टिपर प्रहरी नियन्त्रणमा

पोखरा, चैत २३ ।
पोखरामा अवैध रुपमा ढुंगा, गिटी, बालुवा बोकेका १० वटा गाडी कारवाहीमा परेका छन् । पोखराको दोबिल्ला, रामघाट सहितका विभिन्न ठाउँबाट अवैध रुपमा ढुंगा, गिटी र बालुवा बोक्दै गरेका १० वटा गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भ्याट बिल नभई अवैध रुपमा ढुंगा, गिटी, वालुवा बोक्ने १ ट्याक्टर सहित ९ वटा मिनि ट्रक सामान सहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको कार्यालय प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । अधिकाशं गाडी चालकले भ्याट बिल देखाउन नसकेकोले अनुसन्धानको लागि आफुहरुले पोखरा महानगरपालिका कार्यालयमा पठाएको खवर पोखरा न्यूजले छापेको छ ।

चालकहरुले पेश गरेको विल रुजु गर्न आन्तरिक राजश्व कार्यालयमा जानु पर्ने भएकोले आइतबार मात्र कारबाहीबारे टुंगो लाग्ने पोखरा महानगरका राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिए । पोखरा क्षेत्रमा हुने गरेको अवैध प्राकृतिक श्रोतको उत्खननलाई समेत समयमै नियन्त्रण गर्नुपर्ने स्थानियको माग रहेको छ ।

File Photo