पोखराबाट लागू औषधसहित एकजना पक्राउ

पोखरा, मंसिर १९ ।
पोखरा १० अमरसिंहचोकबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगर देवकोटा चोक बस्ने २६ बर्षका राजन मौर्यलाई वडा प्रहरी कार्यालय रामबजारको टोलिले लागू औषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट ६० थान डाइजापाम, ६० थान नुर्फिन र ६० थान फेनरागन सहित १ सय ८० थान लागू औषध बरामद गरिएको हो । मौर्यले बोकेको झोलामा शंका लागेपछि छानवीन गर्दा लागू औषध भेटिएको प्रहरीले जनाएको छ ।