पोखराबाट गएको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भण्डारीको मृत्यु

पोखरा, फागुन २९ ।
ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहूँमा एकजनाको मृत्यु भएको छ । एकजना घाईते भएका छन् । म्याग्दे गाउँपालिका ४ मनपाङमा ग १ ख ४८५६ नम्बरको ट्रकले ग १ प १८६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडी रहेकी प्रतिक्षा भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भण्डारीको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी थर्पु स्वास्थ्य चौकीमा कार्यरत थिईन् । स्कुटर चालक ३५ बर्षकी दुर्गा भण्डारी घाईते छिन् । उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।