पोखराको विद्युत कार्यालयको गेटमा बम
पोखरा, वैशाख २२ ।
पोखराको विद्युत प्राधिकरणको कार्यालयको गेटमा अगाडी बम फेला परेको छ । रातो झोलामा तार बाहिर निकालेको अवस्थामा बम फेला परेको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले बमलाई डिस्पोज गरेको हो ।
क्यान वियरको बोतलमा बारुद भरेर तारबाहिर निकालेको सेनाले जनाएको छ । बमलाई केहीपर लगेर डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।
विप्लव माओवादीले आव्हान गरेको नेपाल बन्दको क्रममा बम राखिएको हुन सक्ने प्रहरीको अनुमान छ । पोखरामा बिप्लव माओवादीको बन्दको प्रभावका कारण लामो दुरीका सवारी साधन चल्न सकेका थिएनन्् ।