पोखराको लेकसाइडमा चक्कु हानेर एकजनाकाे हत्या

पोखरा, माघ २९ ।
पोखराको लेकसाइडमा एक जनाको हत्या भएको छ । पोखराको हल्नचोकबाट पामे तर्फ जाने बाटोमा एक जनाको हत्या भएको अवस्थामा शव भेटिएको हो ।

पाल्पा घर भई पोखरामा बस्दै आए १४ बर्षिय सचिन सिञ्जालीको हत्या भएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाईएको छ ।

घटनाका बारेमा थप विवरण आउन बाँकी छ । घटनामा अनुसन्धान भैरहेको डिएसपी कार्कीले बताए ।