पोखराको रेष्टुरेण्ट र बारबाट २० जना बालबालिका पक्राउ

पोखरा, मंसिर १५ ।
पोखराको रेष्टुरेण्ट तथा बारबाट २० जना बालबालिका पक्राउ परेका छन् । बिभिन्न बहानामा रेष्टुरेन्ट डिस्को, दोहोरी साँझ एवं डान्स बारहरुमा प्रवेश गरी मादक पदार्थ, चुरोट हुक्का सेबन गरी अस्बभाविक हर्कतहरु देखाईरहेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अनुगमनको क्रममा बिभिन्न रष्टुरेण्ट एवं डान्सबारहरुबाट १८ बर्ष भन्दा कम उमेरका बालबालिकालाई नियन्त्रणमा लिएको र ति मध्ये ५ जना किशोरीहरु छन् । उनीहरुलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाईएको कास्की प्रहरीले जनाएको छ ।