पोखराको रत्नचोकमा दिउँसै चोरी

पोखरा, भदौ ३० ।
पोखराको रत्नचोकमा चोरी भएको छ । स्थानीय कुशङ गुरुङको घरमा चोरी भएको हो । घरमा कोही पनि नभएको मौका पारी चोरी भएको घरधनी गुरुङले बताए ।
‘हामी आमाको निधन भएपछि पूरानो घर नवलपरासीमा छौं । छोरी छिमेकीकोमा गएर परीक्षाको तयारी गर्दै थिईन्, उनले डिएनए नेपालसँग भने–प्रारम्भीक चरणमा सुनको टप र केही पैसा चोरिएको थाहा भएको छ । अरु पनि चोरिएको हुन सक्छ ।’
गुरुङका भतिजा रवी गुरुङले चोरको खोजी गरी कारबाहीको माग गर्दै बैदाम प्रहरीमा निवेदन दिएका छन् । पोखरामा दिनहुँजसो चोरीका घटना भैरहेका छन् । केही समयअघि चोरी गर्दै हिड्ने समूह नै पक्राउ गरी सार्वजनिक गरेपनि चोरीका घटना रोकिएको छैन ।
गुरुङ परिवार युकेमा बस्दै आएको छ । घरमा किशङको आमा, बाबु र छोरी मात्रै बसोबास गर्थे । आमाको निधन भएर परिवार नवलपरासी गएपछि अहिले घरमा छोरी मात्रै बसिरहेकी छिन् ।