पोखराकी उपमेयर गुरुङको प्रष्टीकरण–कर बढेको छैन, गुनासो भए निवेदन दिनुस्

पोखरा, भदौ ५ ।
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा कुनै पनि क्षेत्रमा कर बृद्धि नगरेको बताएको छ । स्थानिय तहले मनपरी कर बढाएको भन्दै विरोध भैरहेका बेला महानगरपालिकाले कुनै पनि क्षेत्रको कर बृद्धि नगरेको बताएको हो । महानगरले कुनै कर बढाएको छैन पोखरा महानगरपालिकाका उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङले भनिन् ।

महानगरले कर बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै विरोध भएपछि महानगरको कार्यपालिका बैठकले उपप्रमुख गुरुङको संयोजकत्वमा सुझाव समिति गठन भएको छ । समितिको मंगलबार बैठक बसेको छ ।

बैठकले पोखरा महानगरपालिकाले ब्यवस्था गरेका करको दरका सीमा र एकिकृत सम्पत्तिकरको सैद्धान्तिक पक्ष, कृषि भूमि लगायतका विषयमा अध्ययन गरि अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले एकिकृत सम्पत्ति करका विषयमा कुनै गुनासो भए प्रमाण सहित सम्वन्धित वडामा निवेदन दिन आग्रह गरेको छ ।

‘एकिकृत सम्पत्ति कर महानगरले बढाएको छैन उपप्रमुख गुरुङले भनिन्–हामीले कर बढाएका छैनौ जिल्ला मुल्याङकन समितिले जग्गाको नयाँ मुल्याङकन गरेका कारण बढेको हो ।’ जिल्लाको जग्गा मुल्याङकन समिति प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिमा सरोकारवाला कार्यालयका ब्यक्तिहरु लगायत सदस्य रहने ब्यवस्था रहेको छ । जग्गा मुल्याङकन समितिले पहिला वडाहरुलाई फारम पठाउने र वडाहरुले आफनो वडाभित्रको जग्गाको मुल्य फारममा भरेर पठाएपछि समितिले जग्गाको मुल्याङकन गर्ने प्रावधान छ ।

बढी कर लिएको भए प्रमाण सहित वडातहमा निवेदन दिन उनको आग्रह छ । महानगरबासीसंग मनपरी कर उठाउने पक्षमा नरहेको भन्दै करका बारेमा वडा कार्यालय वा महानगरबाट राम्रोसंग जानकारी लिन आग्रह पनि गरेकी छिन् ।