पोखराका ४ ठाउँमा बम, दुई ठाउँको डिस्पोज

पोखरा, असार १० ।
विप्लव समूहले घोषणा गरेको नेपाल बन्दलाई सघाउने गरी पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्तेज पारेको छ भने शिसुवामा राखिएको सकेटबम पनि डिस्पोज भैसकेको छ ।

यस्तै नयाँ बजार र विरौटामा थप दुईवटा शंकास्पद बस्तु भेटिएका छन् । दुवै ठाउँमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली पुगिसकेको छ । विप्लव समूहको नेपाल बन्दले पोखरामा पूर्ण प्रभाव पारेको छ ।

लामा तथा छोटो दुरीका गाडीहरु छुटेका छैनन् । सामान्य निजी गाडी चलेपनि सार्वजनिक गाडीहरु गुडेका छैनन् भने विद्यालय पनि पूर्ण रुपमा बन्द छ ।