पोखराका छाडा चौपाया पनि स्मार्ट

पोखरा, भदौ ७ ।
पोखरा महानगरपालिकामा जथाभावी देखिने छाडा चौपायाका कारण दिनहुँजसो दुर्घटना हुन्छन् । सडकको बीच भागमा जथाभावी बसेपछि गाडी आवातजावतमै समस्या हुन्छ ।पछिल्लो समय यस्ता छाडा चौपायाका तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेर महानगर र सरकारलाई ब्यंग्य गरेका छन् । महानगरका मेयर मानबहादुर जिसीले पनि केही समय अघि महानगरलाई बढी नै ब्यंग्य आउन थालेको सार्वजनिक कार्यक्रममा बताएका थिए ।