पूर्व राजाकाे गाडीले ठक्कर दिँदा चौधरीको मृत्यु

मोरङ, चैत २८ ।
पूर्वराजा ज्ञानेन्द्र शाहकाे सुरक्षाका लागि खटिएकाे गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पूर्वराजालाई विराटनगर विमानस्थल पुर्याएर फर्किने क्रममा मोरङमा १ जनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् ।
बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका ८ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो भने इटहरीकै २१ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् ।
घाइतेको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी पूर्वराजा शाह पूर्वमा बस्दा सुरक्षाका लागि प्रयोग गरिएको प्रहरीले जनाएको छ ।