पूर्वराजा ज्ञानेन्द्र र भारतीय राजदूतबीच ‘गोप्य वार्ता’

काठमाण्डौं, चैत ६ ।
पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आकस्मिक भेटवार्ता भएको छ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत (शनिबार) मा जनकपुरको शीताशरण होटलमा गोप्य भेटवार्ता भएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार दुई जनाबीच राति १०ः४५ बजेदेखि ११ः३० बजेसम्म गोप्य भेटवार्ता भएको थियो । झन्डै पौने घण्टासम्म भएको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणबारे छलफल भएको स्रोतको दाबी छ ।

पूर्वराजा ज्ञानेन्द्र जनकपुरको जानकी मन्दिरमा पूजाआजा गर्न तथा अन्य विभिन्न धार्मिक कार्यक्रमका लागि गत २९ फागुनमा जनकपुर पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र जनकपुरमै भएका बेला भारतीय राजदूत पुरी पनि रेलमार्गको निरीक्षण गर्ने सिलसिलामा २ चैतमा जनकपुर पुगेका थिए । उनीहरू दुवै जना जनकपुरको शीताशरण होटमा बसेका थिए । ‘एउटै होटलमा बसेकाले आकस्मिक भेट भएको हुन सक्छ,’ स्रोतले भन्यो । राजधानी दैनिकमा खबर छापिएको छ ।